सीबीआईएल क्यापिटल अब सिटिजन्स क्यापिटल लिमिटेड
काठमाडौैं । सीबीआईएल क्यापिटलले नाम परिवर्तन गरेको छ । कम्पनीको चौथो विशेष साधारणसभाले पारित निर्णयअनुसार सीबीआईएल क्यापिटल लिमिटेडले प्रचलित नियमहरूको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स क्यापिटल लिमिटेड कायम गरेको हो । नयाँ नामसँगै नयाँ ढंगले ग्राहकवर्गमा विषेश योजनाहरूसहित प्रस्तुत हुन लागेको यस संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने सिटिजन्स क्यापिटलको विश्वास रहेको सो संस्थाले जनाएको छ ।
सिटिजन्स क्यापिटलका नयाँ योजनाहरूमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई आईपीओ भरिदिने विशेष पीएमएस सेवा, डाक्टर पेसामा आबद्ध तथा अन्य पेसा/क्षेत्रबाट सेवा निवृत्त व्यक्तित्वहरूलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरू संस्थाको फेसबुक पेजमार्फत सार्वजानिक गरिएको छ । साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरूलाई वार्षिक सञ्चालन शुल्कमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । क्यापिटलले विगत सात वर्षदेखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स बैंकलगायका अन्य कम्पनीहरूलाई सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीका सञ्चालक तथा संस्थापकहरू विभिन्न बैंक वित्तीय संस्था तथा विभिन्न संस्थामा आबद्ध अनुभवी व्यक्तित्वहरू रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया