Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमधेस प्रदेश कमिटीको बैठकमा मातृका यादव अनुपस्थित

मधेस प्रदेश कमिटीको बैठकमा मातृका यादव अनुपस्थित


काठमाडौँ । माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादव अनुपस्थित भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा उनी सहभागी भएनन् ।

मधेस प्रदेशको विवादले गर्दा २ महिने अभियान समेत प्रभावकारी हुन सकेको छैन । पार्टीको २ महिने पार्टी विस्तार अभियान चलाएपछि प्रदेश सहित जिल्ला र स्थानीय तह कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ ।

मधेसमा गिरिराजमणि पोखरेल र यादवबिच विवाद हुँदा पार्टी कमजोर भएको छ । मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी भएका थिए । मधेसको विवाद समाधान होला भनेर राखिएको बैठकमा यादव सहभागी नभएपछि प्रचण्डले आक्रोश पोखेको एक नेताले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया