Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारत्रिचन्द्र क्याम्पसमा निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै तोडफोड

त्रिचन्द्र क्याम्पसमा निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै तोडफोड


काठमाडौँ । घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार तोडफोड गरेको छ । त्रिचन्द्र क्याम्पसमाको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा नाराबाजी गरी टेबल तथा कुर्सीहरु तोडफोड गरेका हुन् ।

त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन भने त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन् । भर्नालगायतको विवादका कारण त्रिचन्द्रमा स्ववियु निर्वाचन अधि बढाउन विवाद हुँदै आएको छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया