Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउद्योगी व्यवसायीहरुद्वारा राष्ट्र बैंक घेराउ

उद्योगी व्यवसायीहरुद्वारा राष्ट्र बैंक घेराउ


काठमाडौं । उद्योगी व्यवसायीरुले वित्तीय प्रणालीमा देखिएको समस्या समाधान गर्नुपर्ने मागसहित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार घेराउ गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको आह्वानमा व्यवसायीहरुले मंगलबार राष्ट्र बैंक घेराउ गरेका हुन् ।

बैंक तथा वित्तीय समस्या समाधानार्थ विरोध कार्यक्रम आयोजना गरेको संघर्ष समितिले जानकारी दिएको छ । घेराउ कार्यक्रममा सहभागी भएकाहरुले बैंकिङ आतंक बन्द गर, ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भो, उच्च सेवा शुल्क बन्द गर, प्रिमियम दर वृद्धि बन्द गर भन्नेजस्ता प्ले कार्ड बोकेका थिए । बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संघर्षमा होमिएको उनीहरुको भनाइ छ ।

विरोध कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालसहितका उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया