जगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्ड कप हुने
काठमाडौं । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा जगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्ड कप हुने भएको छ । क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चैत ९ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।
उक्त प्रतियोगिता बाराको सिमरा रंगशालामा हुनेछ । प्रतियोगिता आयोजना गर्न कुल खर्च एक करोड छ लाख ७७ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जगदम्बा १२औँ जितपुर सिमरा गोल्ड कपमा ८३ लाख १२ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो ।
प्रतियोगितामा मुख्य सहयोगी जितपुरसिमरा उपमहानगरपालिका छ । उपमहानगरले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ । १२औँ गोल्ड कपका लागि उपमहानगरले २५ लाख रुपैयाँ सहयोग गरेको थियो । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल्स.लि. रहेको छ भने सहप्रायोजकमा सूर्य नेपाल र हुलास स्टिल छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १० लाख, दोस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल÷स्कुटी पुरस्कार पाउनेछन् । यस्तै विधागत पुरस्कार उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक, हाई स्कोररले २० हजार रुपैयाँ पाउनेछन् भने प्रत्येक दिनको उत्कृष्ट खेलाडी म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी स्थानीय उदीयमान खेलाडीलाई पुरस्कारस्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । गत वर्षको विजेता एनआरटी, उपविजेता एपीएफसी, हिमालयन शेर्पा क्लब, चर्च बोयज युनाइटेड, सातदोबाटो युथ क्लब, केबीए ग्लोबल बीएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगिता हेर्न टिकटमा विद्यार्थीहरुको लागि ५० प्रतिशत छुट गरिएको छ भने अपांग, अशक्त र ७० वर्षभन्दा माथि पूरै छुट गरिएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया