Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एम०४ को प्रिअर्डर खुल्ला

सामसङको ग्यालेक्सी एम०४ को प्रिअर्डर खुल्ला


काठमाडौं । सामसङले ग्यालेक्सी एम०४ को प्रि–अर्डर दराज एपबाट खुल्ला गरेको छ । लोकप्रिय ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एम०४ मा भएको ¥याम प्लस सुविधाले आठ जीबीसम्म ¥याम बढाउन सकिने कम्पनीले जनाएको छ ।

-याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यककताबमोजिम -यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ । यसैगरी ग्यालेक्सी एम०४ मा एक टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा पनि रहेकोले प्रयोगकर्ताहरुले स्टोरेजको चिन्ता लिन नपर्ने कम्पनीको भनाइ छ । यसमा मिडिया टेक हेलियो पी३५ प्रोसेसर जडित छ, जुन २.३ गिगाहर्जसम्म चलाउन सकिन्छ । प्रयोगकर्ताहरुले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्बाध गेमिङ पनि अनुभव गर्ने कम्पनीको दाबी छ । यस्तै यो फोनमा ६.५ इन्चको डिस्प्ले छ ।

कम्पनीका अनुसार ठूलो स्क्रिनले टेक–सावी प्रयोकर्ताहरुलाई सोसल मिडियाहरु सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ । चलचित्रप्रेमीहरुले विना कुनै रोकावट आफ्नो मन पर्ने फिल्मको आनन्द लिन सक्छन् । यो फोनमा पाँच हजार एमएएच ब्याट्री रहेको छ । यस्तै एम ०४ ले पावर–बचत मोडलाई समर्थन गर्दछ । ब्याट्री ५० प्रतिशतभन्दा माथि छ भने स्वचालित रुपमा पावर सेभिङमा जाने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एम०४ को मूल्य ४/६४ जीबी भेरियन्टमा १५ हजार चार सय ९९ रुपैयाँ र ४/१२८ जीबी भेरियन्टमा १७ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन २ प्रचलित रङ्ग, हरियो र निलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो फोन केवल दराज एपबाट मात्रै प्रि–अर्डर गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया