पोखरामा लुम्बिनी विकास बैंकको एटीएम काउन्टर विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पोखरामा पनि एटीएम काउन्टरको विस्तार गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटीएम सेवा सुरु गरेको हो । बैंकका अनुसार उक्त एटीएमको काउन्टरको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिल बहादुर गुरुङ, बैंकका सेयरधनीहरु, स्थानीय व्यवसायी एवं भद्रभलादमी, निक्षेपकर्तालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । शाखाप्रबन्धक बालकृष्ण वनले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको संक्षिप्त चिनारीसहित स्वागतमन्तव्य राखेका थिए । देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको थप एक नयाँ एटीएमको उद्घाटन भएसँगै बैंकले विभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले हाल सबै क्षेत्रमा ८९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया