Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीर गणेशमान सिंह १० कि.मि. दौड र बक्सीङ्ग प्रतियोगिता हुने

बीर गणेशमान सिंह १० कि.मि. दौड र बक्सीङ्ग प्रतियोगिता हुने


काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन अन्तर्गत रहेको बीर गणेशमान सिंह स्पोर्टस कमिटिले यहि चैत्र ११ गते शनिवार चौथो बीर गणेशमान सिंह १० कि.मि. रोड रेस र चैत्र २१ देखि २५ गते सम्म बीर गणेशमान सिंह बक्सीङ्ग प्रतियोगिता गर्ने भएको छ ।

सोमवार काठमानडौंको शेर्पा मलमा भएको एक कार्यक्रमका बिच आयोजकले सो प्रतियोगिताको बारेमा जानकारी गराएको हो । १० कि.मि रोड रेस काठमाडौंको दरबारमार्गमा रहेको शेर्पा मलबाट शुरु भएर काठमाडौंकै विभिन्न ठाउँ हुँदै पुन सोही स्थानमा समाप्त हुनेछ । यस प्रतियोगितामा महिला र पुरुष तर्फ खुल्ला रुपमा प्रतिस्पर्धा हुनेछ भने भने बिजेता प्रथम महिला र प्रथम पुरुषलाई समान ६० हजार, दितिएले ३० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौले ५ हजार नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै १० कि.मि दौडको कोर्ष रेकर्ड कायम गर्ने पहिलो खेलाडिलाई थप नगद १० हजार प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।
राजन खत्रीको संयोजकत्वमा सम्पन्न हुने १० कि.मि. रोड रेसमा ४०० भन्दा बढि खेलाडीको सहभागिता हुने र बक्सीङ्गमा भने पुरुष र महिला तर्फ समान ६÷६ वजन समुखका प्रतियोगिता हुने भएको छ ।

नेपाल बक्सीङ्ग संघको प्राविधिक सहयोगमा हुने बक्सीङ्ग प्रतियोगितामा पुरुष तर्फ ५१ के.जी, ५७ के.जी, ६३.५ के.जी, ७१ के.जी, ८० के.जी र ९२ के.जी वजन समुह र महिला तर्फ ५० के.जी., ५४ के.जी., ५७ के.जी. ६० के.जी., ६६ के.जी. र ७५ के.जी. वजन समुहमा प्रतिस्पर्धा हुनेछ ।
बक्सीङ्ग प्रतियोगितामा प्रथम हुनेले २५ हजार दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही ७ हजार पाँच सय नगद पुरस्कार, पदक र प्रमाणपत्रको साथै महिला र पुरुष तर्फ उत्कृष्ट खेलाडी घोषित गरि पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

तीन वटा विभागिय टिम र सात प्रदेशका करिब १४० जना खेलाडीहरुले भाग लिने बक्सीङ्ग प्रतियोगितामा प्रतियोगिता संचालनको लागि मान बहादुर भण्डारीलाई प्रतियोगिताको संयोजक तोकिएको मुल आयोजक कमिटिले जनाएको छ ।

कमिटिका अनुसार १० कि.मि रोड रेसको लागि १५ लाख र बक्सीङ्ग प्रतियोगिताको लागि ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, खेलकुद

तपाईको प्रतिक्रिया