जेपी स्कुलका हेडमास्टर पौडेललाई सतर्कता केन्द्रको ताकेता
काठमाडौं,राष्ट्रिय सतर्कता केन्द्रले जेपी स्कुल लिजमा दिँदा गरिएको अनियमिततामाथि गरिरहेको छानबिनमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलसँगको बयानमा ताकेता गरेको छ ।प्रधानाध्यापक पौडेलसँग सतर्कता केन्द्रले ताकेता गर्दै बयान लिएपछि स्कुलभित्र भएको अनियमितता छानबिन हुँदै भ्रष्टाचार चाँडै बाहिर आउने स्थानीयहरुले अपेक्षा गरेका छन् ।
राजधानीको पर्यटकीय केन्द्रविन्दु ठमेलमा रहेको ऐतिहासिक महत्व बोकेको जेपी स्कूलको जमिन २०६५ मा तरुण निर्माण सेवालाई साढे तीन वर्ष निर्माण अवधि तोकेर ३० वर्षका लागि लिजमा दिइएको थियो र त्यसलाई २०६८ र २०७२ सालमा पूरक सम्झौता गर्दै समय थप्दै गएको थियो । साढे तीन वर्षमा सकिनुपर्ने निमार्णकार्य १४ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
लिजमा सम्झौता गरेको तरुण निर्माण सेवाको मनोज मिश्रले लिज ट्रान्सफर गरेर छिमी भन्ने व्यक्तिलाई जिम्मा लगाएर आफू पछि हटेको छ ।उक्त लिज काण्डमा तत्कालीन बिभोर विकास बैंकका सीईओ अजयराज घिमिरेसहित विश्वभक्त श्रेष्ठ, प्रेम प्रसाद शर्मा, विक्रम राज भट्टराई, लक्ष्मण पौडेल, मनोज कुमार मिश्र, सम्राट शम्शेर जबरा, चन्द्र बहादुर कार्की, प्रविण न्यौपाने, रवीन श्रेष्ठ, अरुण सिंह बस्नेत, लक्ष्मण बराल, परशुराम झा, रामकृष्ण भण्डारी, सूर्यराज शाक्य, कुमार देव मानन्धर, अमृत पुरी, सीता ढकाल, समिना झा तथा हालका कामनपा १६ वडाका अध्यक्ष मुकुन्द रिजाल मुछिएका छन् र तीमध्येका प्रमुख मानिएका प्रधानाध्यापक पौडेलसँग सतर्कता केन्द्रले ताकेता गर्दै बयान लिइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया