नयाँ सारथी लघुवित्तको नाफा दुई करोड १४ लाख
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १४ लाख छ हजार १६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड चार लाख ५८ हजार नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार दुई सय ६० रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब एक करोड ३३ लाख ८६ हजार एक सय ८८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३६ करोड २३ लाख १५ हजार दुई सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ९४ लाख दुई हजार आठ सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा एक करोड २० लाख १५ हजार सात सय ५१ रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने संस्थाले ९८ करोड ३६ लाख ६९ हजार ६३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २३ करोड ४७ लाख २७ हजार तीन सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले १३ करोड ९५ लाख ५२ हजार तीन सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया