डिप्रोक्स लघुवित्तको २१औँ वार्षिक साधारणसभा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । चितवनमा आयोजित उक्त सभामा संस्थाका अध्यक्ष दिपक खनालले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्दै सो प्रतिवेदनउपर सेयरधनीहरूले राखेका राय सुझाव तथा जिज्ञासाहरूको स्पष्ट पारे । सेयरधनीहरूलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत तथा सभाको सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले गरेका थिए ।
संस्थाले आव २०७८/०७९ मा ८० करोड ९२ लाख १४ हजार सञ्चालन मुनाफासहितबाट सेयरधनीहरूलाई ११ दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश (करसहित) र १० प्रतिशत बोनस सेयर वितरण गर्ने, आव २०७९/०८० को लेखापरीक्षकको नियुक्ति गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आदानप्रदान अनुपात १ः१ (एक कित्ताबराबर एक कित्ता) कायम गर्ने, अन्तिम समझदारी गर्ने, प्राप्ति (एक्विजिसन) पश्चात् प्रबन्धपत्र र नियमावली संशोधन तथा सेयर संरचना परिवर्तन गर्नेलगायत प्राप्ति (एक्विजिसन) प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू सभाले पारित गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी एक अर्ब ५२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
लुम्बिनी विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, डिप्रोक्स नेपाल र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञहरूको प्रत्यक्ष लगानी र वित्तीय सेवामार्फत महिला सशक्तीकरणसहित गरिबी न्यूनीकरणको मुख्य उद्देश्य लिएर स्थापित यस संस्थाले हाल देशको ७१ जिल्लामा एक सय ४९ शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ग्रामीण क्षेत्रका करिब दुई लाख ४५ हजार सदस्यहरूलाई १८ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया