एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी अर्थात् मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको छ । गतवर्ष नै पुँजीबजारका सक्रिय लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रूपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधबार एक समारोहका बीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । क्यापिटलले आगामी साता औपचारिक उद्घाटन गरी कारोबार सुरु गर्ने जनाएको छ । एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।
२२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए । व्यवसायिक व्यक्ति तथा संस्थाहरूको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोबार सुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरू ल्याउने जनाएको छ ।
हाल सञ्चालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरूमध्ये यो पछिल्लो पटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन । सञ्चालनमा रहेका मर्चेन्ट बैंकरहरूमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गइसकेका वा जाने क्रममा छ । नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यावसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया