Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १२ सय ६९ अंकमा

बजार परिसूचक १२ सय ६९ अंकमा


काठमाडौं, चैत ९
यस साता सेयर बजार परिसूचक १२ सय ६९ दशमलव ३० अंकमा पुगेर रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७३ दशमलव ८२ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७९ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ९३ हजार एक सय २१ वटा कारोबारमा दुई करोड २७ लाख १९ हजार एक सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम आठ अर्ब २६ करोड ९५ लाख दुई हजार सात सय ११ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा एक सय ८० कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ५५ हजार छ सय ८१ वटा कारोबारमा एक करोड ४० लाख ४८ हजार नौ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम पाँच अर्ब ५० करोड ४४ लाख ४० हजार एक सय ७२ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सोमध्ये पहिलो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो र पाँचौँ दिन बढेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक ओरालो लागेको थियो । उक्त दिन बजार परिसूचक ६४ दशमलव १४ अंकले ओरालो लागेर १३ सय १३ दशमलव चार अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ८८ अंकले ओरालो लागेर दुई सय ८२ दशमलव ६२ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक तीन दशमलव ३५ अंकले उकालो लागेर १३ सय १६ दशमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव पाँच अंकले उकालो लागेर दुई सय ८३ दशमलव १२ अंकमा चढेकोे थियो ।

तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो । उक्त दिन बजार परिसूचक ४४ दशमलव ३३ अंकले ओरालो लागेर १२ सय ७२ दशमलव छ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५३ अंकले ओरालो लागेर दुई सय ७४ दशमलव ५९ अंकमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक १६ दशमलव २६ अंकले ओरालो लागेर १२ सय ५५ दशमलव ८० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव आठ अंकले ओरालो लागेर तीन सय चार दशमलव ६९ अंकमा झरेको थियो ।

अन्तिम कारोबार दिन भने बजार परिसूचक १३ दशमलव पाँच अंकले उकालो लागेर १२ सय ६९ दशमलव ७० अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव तीन अंकले उकालो लागेर दुई सय ७३ दशमलव ८२ अंकमा चढेको थियो । यस साता बढी रकम कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएआईसी एसिया बैंक, एनएमबी बैंक हिमालयन डिष्ट्रिलरी प्र्रालि आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता एनएमबी बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । नेप्सेका अनुसार यस साता कृषि विकास बैंक, गणपती माइक्रोफाइनान्स वित्तीय संस्था, आईसीएफसी फाइनान्स र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x