Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकनेक्ट आईपीएस इ–पेमेन्ट अब निःशुल्क

कनेक्ट आईपीएस इ–पेमेन्ट अब निःशुल्क


काठमाडौं, चैत ९
बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागि मिनाहा गर्ने व्यवस्था गरेको छ । मोबाइल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट/मोबाइल बैंकिङ च्यानल तथा अन्य सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस इ–पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।

बैंक वित्तीय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढङले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ । कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीमा एक वा सोभन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्सफरलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख र मोबाइल एप्सबाट १ लाख रुपैयाँसम्मको प्रतिकारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आईपीएस इ–पेमेन्टको फण्ड ट्रान्सफर सुविधा विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल÷इन्टरनेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x