Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच सम्झौता

अब पेट्रोलको पैसा नगदमा होइन डिजिटल


काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्चपदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौतापश्चात् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरूले पस, क्यूआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर गर्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रीन इकोनोमीलाई टेवा पु-याउने बैंकको रणनीतिअनुरूप बैंकले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी डिजिटल कारोबारहरूको सम्झौता गरिरहेको जानकारी दिए । साथै उनले वास्तविकरूपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरू तथा सचेतना कार्यक्रमहरू आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए ।

त्यसैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै दुई खर्वको तेल खरिदबिक्री कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे । साथै उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने विक्रेता एवं खरिदकर्ता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरू खोज्ने हुँदा बैंकसँगको सम्झौतापश्चात् सहज र सरलरूपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

सम्झौतापश्चात् बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोलपम्पहरूमा डिजिटल सचेतना कार्यक्रमहरू समेत सञ्चालन गर्नेछ । माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरूमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा
सहज हुनेछ ।

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ विभिन्न समयमा विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको छ । सोहीअन्तर्गत हाल बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पस वा ई–कमबाट भुक्तानी गर्दा २३ प्रतिशत वा एक सय २३ रुपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा दुई सय २३ रुपैयाँसम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, एक सय ३३ शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया