Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमास्क र सेनेटाइजर कालोबजारी गर्ने श्रीसर्जिकलका अग्रवाल पक्राउ

मास्क र सेनेटाइजर कालोबजारी गर्ने श्रीसर्जिकलका अग्रवाल पक्राउ


विराटनगर चैत १०
अहिले विश्वसहित सिंगो देश नै कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट लडिरहेको मौका छोप्दै कालोबजारी गर्ने विराटनगरका एक व्यवसायी सरकारको फन्दामा परेका छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस हालसम्म विश्वका १ सय ७९ देशमा फैलिसकेको छ । यसले नेपालमा समेत प्रभाव पार्न सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले अत्यवश्यक वस्तु कालोबजारी गर्नेलाई विराटनगरबाट धमाधम पक्राउ समेत गर्न थालेको छ । हिजो आइतबार विराटनगर महानगरपालिका वडा नं. ९ मा सञ्चालित रहेको राजेश अग्रवालको श्रीसर्जिकल इम्पेक्सले मास्क र सेनेटाइजर कालोबजारी गरेको अवस्थामा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङसहितको टोलीले अनुगमन गर्दा श्रीसर्जिकल इम्पेक्सका राजेश अग्रवालले ११ हजार ३ सय ५० थान मास्क र २ सय पिस सेनेटाइजर लुकाइराखेको अवस्थामा फेला पारेपछि आवश्यक कारबाही प्रक्रियाअगाडि बढाएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । व्यवसायी अग्रवालले लुकाइराखेको उक्त सामान समेत अनुगमन टोलीले जफत गरेको छ । उनले कालाबजारीलाई यो संकटका बेला सहयोग गर्नुपर्ने ठाउँमा कमाउने प्रयास गरेका कारण हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी समेत दिए ।

कोभिड १९ को भाइरसका कारण करिब १० हजार जनाले अकालमा ज्यान गुमाइसकेका छन् । विश्वव्यापी रुपमा यो फैलिने क्रम बढ्दो छ । विकसित राष्ट्रले समेत नियन्त्रण गर्न नसकेको यो भाइरस अल्पविकसित तथा विकासशील राष्ट्रहरुमा महामारीको रुपमा फैलियो भने कसरी नियन्त्रण गर्ने यो निकै ठूलो चुनौतीको विषय बन्न पुगेको छ । नेपाल सरकारले चैत ५ गते कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण गर्नका लागि १८ बुँदे घोषणापत्र जारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x