६८ वर्षका मानबहादुर ड्रागनखेतीमा रमाउँदै
दोलखा । बैतेश्वर गाउँपालिका–६ नाम्दुका ६८ वर्षीय मानबहादुर तामाङले जिल्लामै पहिलो पटक व्यावसायिक ड्रागनखेती सुरु गरेका छन् । लामो समयदेखि सिँचाइ अभावमा बाँझो बसेको पाखो बारीको सदुपयोग गर्दै उनले ड्रागन फलको व्यावसायिक खेती सुरु गरेका हुन् ।
लाखौँ लगानी गरेर बुढेसकालमा पनि आधुनिक फलफूल खेतीतर्फ चासो देखाएका तामाङले करिब १० रोपनी क्षेत्रफलको पाखो बारीमा सिउँडी प्रजातिमा पर्ने आधुनिक फल ड्रागनको खेतीलाई फस्टाउँदै लगेका छन् । उनले कृषि प्राविधिक र विज्ञहरूसँग ड्रागनखेतीसम्बन्धी परामर्श लिएर खेती सुरु गरेको सुनाए ।
समुद्री सतहदेखि करिब एक हजार पाँच सय उचाइमा पर्ने नाम्दुमा उनले डेढ वर्षअघि ड्रागन लगाएका हुन् । परम्परागत खेती गर्दै आइरहेका किसानलाई आधुनिक प्रजातिका फलफूल खेती गरेर पनि व्यावसायिक र आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन आफूले ड्रागनखेती सुरु गरेको उनले बताए । रोपेको छोटो समयमै उत्पादन दिने ड्रागनको परीक्षण उत्पादन गतवर्ष नै भएको उनको भनाइ छ । गतवर्ष कम उत्पादन भए पनि यसवर्ष भने राम्रो उत्पादन हुने उनले बताए ।
बजारमा ड्रागनको माग उच्च देखेर सुरुमै आफूले १० रोपनीमा २४ सय वटा ड्रागनको बिरुवा लगाएको उनको भनाइ छ । तामाङले यही खेतीको लागि झन्डै १० लाखको हाराहारीमा लगानी गरिसकेका छन् । अझै आर्थिक अभावका कारण खेतीलाई सोचेजस्तो बनाउन नसकेको उनको भनाइ छ ।
केही वर्षअघिसम्म रातोमाटोले भरिएको सुख्खा बाँझो देखिने पाखो बारी हिजोआज फल्ने र फुल्ने तरखरमा रहेका ड्रागनका बोटले हरियाली र हराबरा बनाएको छ । भर्खरै थालिएको खेतीबाट राम्रो आम्दानी लिने तामाङको अपेक्षा रहेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया