नबिल बैंक र आईएमई मोटर्सबीज सम्झौता
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । ग्राहकले सो अफरअन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्रान्डका सवारीसाधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइनेछ ।
आईएमई मोटर्स
कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्सको बजारमा बलियो उपस्थिति छ । यसले देशभर शोरुम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ ।
विगत दुई वर्षयता कम्पनीले बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ । कम्पनीले हालै लाइट कमर्सियल भेइकल ‘दोस्त’का लागि पाँचवर्षे वारेन्टी घोषणा गरेको छ । यो वारेन्टीले ग्राहकलाई स्वामित्वको बलियो अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया