बेलायतले कोरोनाका कारण बेरोजगार बनेकालाई तलबको ८० प्रतिशत रकम दिने
लन्डन, चैत १०
बेलायत सरकारले विश्व महामारी कोरोना भाइरसका कारण रोजगारी गुमाएका नागरिकको तलबमध्ये ८० प्रतिशत रकम दिने भएको छ । भाइरसकै कारण रेस्टुराँ, होटल बन्द गरेसँगै सरकारले उक्त घोषणा गरेको एजेन्सीहरुले जनाएका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनकले रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उक्त घोषणा गरेका हुन् । तर यस्तो रकम आगामी तीन महिनाका लागि हुनेछ । यसरी तलब पाउनेले बढीमा २५ सय पाउन्ड स्टर्लिङ मासिक रुपमा पाउनेछन् ।
उनका अनुसार सरकारले साना र ठूला सबैखाले कम्पनीहरुलाई उक्त रकम अनुदान दिनेछ । घोषित रकम औसत आम्दानीभन्दा धेरै हो । कोरोनाका कारण अर्थतन्त्रमा क्षति पुग्ने भएपछि विश्वभरका सरकारले आवश्यक कदम चालिरहेका छन् । बेलायतले ३० अर्ब पाउन्डको करछुट योजना र १२ महिनासम्मको लागि ब्याजरहित ऋणको घोषणा गरेअनुरुप अर्थमन्त्रीको बेरोजगारी तलब योजना सार्वजनिक भएको हो ।
पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणलाई गम्भीर रुपमा नलिएको भन्दै बेलायत सरकारको आलोचना बढिरहेको छ । सोही पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाविरुद्ध लड्न दूरी बढाउने, रेस्टुराँ बन्द गर्ने, थिएटर र फिल्म हलहरु, जिमलगायत बन्द गर्ने घोषणा गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया