पश्चिमा ब्रान्डले छाडेपछि रसियालीले रोज्न थाले चिनियाँ कार
मस्को । पश्चिमा कार निर्माताले रुस छाड्दै गर्दा चिनियाँ कारले रुसमा अवसर पाएका छन् । चिनियाँ ब्रान्डहरु हाभल, चेरी र गिलीलगायतले रुसमा अवसर पाउनथालेका हुन् ।
रोयटर्सका अनुसार यी चिनियाँ कारले अहिले रुसको नयाँ कार बिक्रीमा ४० प्रतिशत हिस्सा ओगटेको बजार विश्लेषक संस्था अटोस्ट्याट र कन्सल्टिङ कम्पनी पीपीकेको तथ्यांकले देखाएको छ । सन् २०२२ को जनवरीमा यस्तो हिस्सा १० प्रतिशतभन्दा तल थियो ।
पश्चिमा ब्रान्डहरु रेनो, निसान र मर्सिडिजलगायत निक्लिँदा चिनियाँ कार रुसी नागरिकको रोजाइमा पर्नथालेको बताइएको छ । तर ती कार समस्यारहित नभएको उपभोक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । पश्चिमा प्रतिस्पर्धीको तुलनामा चिनियाँ कारको गुणस्तर निकै कमसल भएको उनीहरुले बताएका छन् । बजार हिस्सा उकासिँदै गर्दा यसले चिनियाँ कार उत्पादकलाई गुणस्तर सुधारेर आफ्नो प्रसिद्धि जोगाउनुपर्ने देखाएको छ ।
स्टेपान नामका एक उपभोक्ताले गुणस्तरमा ठूलो भिन्नता रहेको बताए । उनले सन् २०२२ मा एउटा स्कोडा खरिद गरेका थिए । फक्सवागन ग्रुपको एक हिस्सा चेक कार निर्माता स्कोडा अटोले पनि रुसको आफ्नजो सम्पत्ति बिक्री गर्ने अन्तिम तयारी गरिरहेको छ । त्यस्तै अलेजेन्डर नामका ७४ वर्षीय रुसी उपभोक्ताले समयअनुसार विश्वसनीयतामा सुधार आउने आशा गरे ।
रुसमा चिनियाँ ब्रान्डको बजार हिस्सा जनवरी–फेब्रुअरीमा ३७.१५ प्रतिशत पुगेको छ जुन एक वर्षअघिको सोही अवधिमा ९.४८ प्रतिशत मात्र थियो । अटोस्ट्याट र पीपीकेको डेटाअनुसार युरोपेलीलाई छोडेर जापानी र कोरियाली ब्रान्डको हिस्सा ७० प्रतिशतबाट घटेर २२.६ प्रतिशतमा झरेको देखाएको छ । त्यसो त रुसमा नयाँ कार बिक्री नै घटेको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया