प्रभु बैंकको ‘ग्लोबल मनी वीक’मा विद्यार्थीलाई बैंकिङ साक्षरता
काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ‘ग्लोबल मनी वीक’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको जनाएको छ ।
ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत एक सय जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको हो । उनीहरूलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराउनुको साथै बैंकिङ साक्षरता प्रदान गरिएको थियो ।
विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरेर बैंकको प्रधान कार्यालयको अवलोकन गराउनुको साथै बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको बारेमा जानकारी गराइएको थियो । उनीहरूलाई बैंकको प्रधान कार्यालय बबरमहलअन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरूसँग साक्षात्कार समेत गराइएको प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले बैंकले सम्पादन गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस अवसरमा विद्यार्थीलाई कापी, कलमलगायत शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया