Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमै उत्पादन हुनलागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब

नेपालमै उत्पादन हुनलागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब


काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्य बढाउन केही ठूला कम्पनीहरूले दबाब दिएको जनाएको छ ।

कम्पनीका अनुसार बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् । सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको कम्पनीले वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेको कम्पनीको दाबी छ ।

ग्रन्थ ईभीले साढे दुई लाखदेखि तीन लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ । ‘साढे दुई लाखदेखि तीन लाख रूपैयाँमा विद्युतीय स्टकुटर दिने तयारी गरेका छौँ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कुटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’ यदि आफ्नो स्कुटरहरूको मूल्यअनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गाह्रो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बजारमा उपलब्ध अन्य स्कुटरभन्दा ग्रन्थ ईभी एक लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।

ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ । साथै राम्रो र पावरफुल पर्फमेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीको स्कुटरमा लिथियम आइरन फस्पेट ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्रीले रेन्ज बढी दिन्छ । ब्याट्री र मोटरमा तीन वर्ष वारेन्टी पाइनेछ । चारदेखि साढे चार घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेन्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेन्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया