Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनेप्से परिसूचक २६ अंकले घट्यो

नेप्से परिसूचक २६ अंकले घट्यो


काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय ३३ दशमलव ९१ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक ९९ दशमलव १५ अङ्कले घटेको छ ।

बैंकिङ समूह १७ दशमलव ५७, विकास बैंक समूह ५३ दशमलव ४३, वित्त समूह १८ दशमलव ८९, होटल तथा पर्यटन समूह १२ दशमलव ५२ र जलविद्युत् समूह २४ दशमलव १९ अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६४, जीवन बीमा समूह ८३ दशमलव ०१, उत्पादन समूह ८७ दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव ६५, व्यापार समूह ४३ दशमलव ७८ र अन्य समूह तीन दशमलव ९९ अङ्कले घटेको छ ।


क्याटेगोरी : शेयर बजार


तपाईको प्रतिक्रिया