काठमाण्डौं,चैत ११
कोरोनाको संक्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । विश्वभर कोरोनाको संक्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको रथयात्रा व्यवस्थापन समितिको संयोजकसमेत रहेका वडाध्यक्ष शाक्यले सुनाए । प्रत्येक वर्ष वर्षा र सहकालका देवताका रुपमा पुजिने सेतो मच्छेन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमीदेखि द्वादशीसम्म हुने गरेको थियो । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने जात्रा त्यस दिन असनसम्म पु¥याउने परम्परा प्राचीनकालदेखि छ ।
नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीमा कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनटोलसम्म रथयात्रा चलाइन्थ्यो । एकादशीका दिन लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथको आमाका रुपमा पुजिने पीपलको बोटमा तीनपटक घुमाइन्छ । द्वादशीका दिन सानो खटमा आर्यावलोकीतेश्वरलाई राखी बहालमा पु¥याइन्छ । त्यसै दिन सिन्दुर जात्रा गरेपछि जात्रा सकिने परम्परा थियो । यस वर्ष जात्रा गर्न नसकिने भएकाले चैत १९ गते चैत्र शुक्ल अष्टमीका दिन आर्यावलोकीतेश्वर मन्दिरमा क्षमापूजा गर्ने निर्णय भएको पनि अध्यक्ष शाक्यले जानकारी दिए । क्षमापूजामा पनि पुजारी र सरोकार भएका निकायका प्रतिनिधि गरी २५ जनाभन्दा थोरैको उपस्थितिमा हुने समितिले जनाएको छ । कोरोनाको संक्रमण समाप्त भएपछि यस वर्षको जात्रा रोकिएकामा स्वस्तिशान्ति कोटीहोम गरी जात्रामा उपस्थित हुन नपाएका भक्तजनलाई प्रसाद वितरण गरिनेछ । (रासस)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया