Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघ नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेन : उमेशलाल श्रेष्ठ

महासंघ नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेन : उमेशलाल श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिन लागेको उमेशलाल श्रेष्ठले महासंघको वर्तमान नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसेको आरोप लगाएका छन् ।

अहिले ठुला व्यापारीहरु महासंघ नेतृत्वमा पुगेर समग्र उद्योगी व्यवसायीको समस्या समाधान भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थालेका कारण जिल्ला नगर र बस्तुगत संघहरुका समस्याहरु राज्यले सुन्न छाडेको उनको आरोप छ ।

नेपाल औषधि उत्पादक संघले आयोजना गरेका छलफल कार्यक्रममा उनले महासंघ नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्ने हुनुपर्ने बताए । ‘सबै व्यवसायीको समस्या सुनेर सरकार समक्ष पुर्याएर समाधान गर्नकै लागि म जस्तो भुई मान्छेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर महासंघको नेतृत्व लिन अघि बढेको छु’, उनले भने । यस्तै उनले अहिले उद्योगी व्यवसायीका साथै देशको अर्थतन्त्र नै समस्यामा परेको भन्दै यस्तो अवस्थामा महासंघलाई आफुजस्तो नेतृत्वको खाँचो भएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया