Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसबीआई बैंक र सिता प्यालेस होटलबीच सम्झौता

एसबीआई बैंक र सिता प्यालेस होटलबीच सम्झौता


काठमाडौं । नेपाल एसबीआई बैंक र सिता प्यालेस होटलबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकहरूलाई लक्षित गरी सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इन प्रालिमा कार्ड प्रयोग गरेबापत विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार बैकका ग्राहकहरूले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका मधेश प्रदेश प्रमुख, लेखनाथ पोख्रेल र सिता प्यालेसका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका थिए । यो सम्झौता सिता प्यालेस होटल, बाग्मती, सर्लाही तथा सिता प्यालेस होलिडे इन प्रालि हरिवन सर्लाहीमा लागू हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया