Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । कार्यक्रममा उनले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरूको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्रान्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरेलगायतको उपस्थिति थियो । अन्तर्राष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घलेको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको थियो । ट्रेनर घलेले व्यावहारिक तरिकाले व्यावसायिक वृद्धिका सूत्रहरू दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया