मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत महिनामा पनि विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपीपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन हस्तान्तरण गरेको छ भने ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक सन्देशमूलक बोर्डहरू हस्तान्तरण गरेको छ ।
यस्तै बैंकले घोराही उपमहानगरपालिका–१६, तेरोटे, दाङस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटीभी क्यामेरा जडानको लागि सहयोग गरेको छ । यसैगरी विदुर नगरपालिका वडा नं. ९ पीपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पीपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । यस्तो सहयोग आफ्नो सामाजिक उत्तरदायित्व हुने र यो नागरिकको हितमा हुने विश्वास बैंकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- मेरिकी सेनाका इन्डोप्यासिफिक कमान्डका उपकमान्डर जर्नेल काठमाडौंमा
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया