प्रदेश सरकारले पदम लिम्बुको परिवारलाई ३ लाख दिने
विराटनगर । विराटनगरमा भएको कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।
मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत ५मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ)को उपचारका क्रममा चैत १०मा मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय र प्रदेश सभामा उपस्थित राजनीतिक दलहरुलाई धन्यवाद दिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- विमानस्थलबाट पाँच केजी सुनसहित तीन जना पक्राउ
- राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
- अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो
- हरित वित्तको महत्व
- गोलभेँडाको अर्थतन्त्र र छिमेकीसँगको सम्बन्ध
- भ्रष्टाचारीप्रति प्रधानमन्त्रीको व्यवहार
- ‘स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौं’
- उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया