Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालेनले भने-मिटरब्याजी पीडीतहरुको मागप्रती मेरो एक्यवद्धता छ

बालेनले भने-मिटरब्याजी पीडीतहरुको मागप्रती मेरो एक्यवद्धता छ


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याज पीडितहरुको आन्दोलनमा आफ्नो एक्यवद्धता रहेको बताएका छन् । महानगर प्रहरीले मिटरब्याज प्रहरीसँग धरपकड गरेको केहि समय पछि मेयर बालेनले समाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारि गराएका थिए । मेयर बालेनले मिटर ब्याज पीडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा बस्न चाहेको बताएका छन् । उनले सरकारको कमजोरी रहेको बताएका छन् । यस्तो अवस्था हुँदा पनि सरकार रमिते बनेको आरोप लागाएका छन् ।

मधेशका विभिन्न जिल्लाहरुबाट १२ दिनसम्म लगातार हिँडेर राजधानी आइपुगेका मिटरब्याज पीडितहरुले बिरोध र्‍याली गरेका थिए । आज बिहान काठमाडौँ आइपुगेका उनीहरुले मातातीर्थबाट र्‍याली निकालेका थिए ।

मीटरब्याजी संघर्ष समितिको आयोजनामा शुरु भएको (याली मातातीर्थ, गुर्जुधारा, सतुङ्गल, नैकाप, ढुंगेअड्डा, कलंकी, रविभवन, कालिमाटी, टेकु, त्रिपुरेश्वर हुँदै खुल्लामञ्चमा पुगेर बिरोध गर्ने तयारी गरेका थिए । संघर्ष समितिका अध्यक्ष मनोज पासवानको नेतृत्वमा मिटर ब्याज संघर्ष समितिको संरक्षक राम रिजन यादव, प्रेम बिक, कुमार बर्तौला , सरु रिजाल , संघर्ष दाहाल राम नरेश यादव लगायत र्‍यालीमा सहभागि भएका थिए।

र्‍यालीमा सहभागीहरुले ‘झूठा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर’, ‘तमसुक व्यवस्था खारेज गर’, मीटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’, मीटरब्याजीलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, मीटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायत लेखिएका प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए ।

त्यस्तै,जनमत पार्टीका अध्यक्ष सिके राउतले पिडितहरु भएको स्थानमा पुगेर भेटेका थिए । पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका राउतले पिडितहरुलाइ सबै समस्याको समाधान हुने बताएका छन् । उनले पिडितहरुसँग मधेशको समस्यालाई अनुमोदन गर्न सरकारसमक्ष प्रस्ताव लैजाने आश्वासन दिएर आफ्नै गाडीमा फर्किएको बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया