Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच सम्झौता

परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच सम्झौता


काठमाडौं । नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ । काठमाडौंमा आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए ।

इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए । यस्तै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले यो सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लबिइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए । कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दिप शारदा, महानिर्देशक दिपकराज जोशी, इन्डियन चेम्बर अफ कमर्सका महानिर्देशक डा. राजीव सिंह लगायत सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया