Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको घलेगाउँ भ्रमण

नेसनल लाइफको घलेगाउँ भ्रमण


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरूलाई लमजुङको घलेगाउँ भ्रमण गराएको छ । इन्स्योरेन्सले तीन रात चार दिनको ‘घलेगाउँ भ्रमण कार्यक्रम’ सम्पन्न गरेको जनाएको छ ।

इन्स्योरेन्सले २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गरेका अभिकर्ताहरूलाई पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराउने र कलाकार सन्दिप क्षेत्रीसँग साक्षात्कार गराउने कार्यक्रम आयोजना गरेको हो ।

उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भएका देशभरका दुई सय ५० अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराइएको इन्स्योरेन्सले जनाएको छ । भ्रमणमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूको सहभागिता थियो ।

घलेगाउँ भ्रमणपछि पोखरामा विशेष कार्यक्रम आयोजना गरी कलाकार सन्दिप क्षेत्रीसँग अभिकर्ताहरूलाई साक्षात्कार गराइएकोे थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मिहिनेतका कारण कम्पनी सधैँ अब्बल रहने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया