Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीप्रोस्टेटसम्बन्धी समस्या भएकालाई नर्भिकको विशेष छुट

प्रोस्टेटसम्बन्धी समस्या भएकालाई नर्भिकको विशेष छुट


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामी लक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)को अवसर पारेर नर्भिकले आउँदो चैत २५ गते शनिवार विशेष छुट सहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन(पिएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

शनिवार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् । प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया