‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’
मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार राखे । मन्त्री राईले भने, “लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन ।” उनले जनताले त्यसप्रति आफ्नो असहमति जनाउन पाउने राससलाई बताए ।
उनले कोशी प्रदेश नामकरणका सम्बन्धनमा असन्तुष्ट पक्षबीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त गर्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारलेसमेत वार्ताबाट समाधान निकाल्ने भनेको जानकारी दिए ।
मन्त्री राईले भने, “कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा यो केन्द्रको मातहतको निकाय नभएकाले यसको आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार यहाँ सञ्चालनमा छ ।”
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया