विश्वव्यापी महामारीमा परिणत भएको कोरोना भाइरसको फैलावट, यसकाबारे पर्याप्त जानकारी नहुनु र एकप्रकारले यसलाई हेप्ने ‘मलाई त केही हुँदैन’ भन्ने हेलचेक्र्याइँ मूल कारण रहेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । त्यसकारण पनि यसबाट सतर्क हुने हो भने यो आफैँ विस्तार हुनबाट रोकिनेछ र क्षतिको मात्रा पनि सोहीबमोजिम कम हुने अनुमान गर्न पाइने रहेछ । यसका तीन उदाहरण छन् । एकः यसको उत्पत्ति भएको देश चाइनाको आवस्था के हो ? के हो ? भन्दा भन्दै संक्रमण विस्तार भएर ठूलो क्षति गराउनेमा पुग्यो । दोस्रो युरोपको इटाली हेलचेक्र्याइँबाट अर्काे सबैभन्दा बढी क्षति हुनेमा गनियो । चाइनाको त संक्रमणका क्रम रोकियो तर इटालीको अवस्था कहाँ पुग्ने हो भन्ने यकिन गर्नै सकिएको छैन । तेस्रो सानोतिनो अवस्थामा नेपाल पनि एउटा उदाहरण भएको छ बेलैमा सतर्कता अपनाए यो विस्तार हुनबाट रोकिन्छ भन्ने । यो विश्पव्यापी हुँदा र उत्पन्न भएको देश चीनको नजिक भएर पनि नेपाल कम्तीमा यतिबेलासम्म जोगिएको छ, यद्यपि जोखिम नभएको चाहिँ होइन ।
यो बेलासम्मको तथ्यांकअनुसार करिब दुई लाख ५० हजार जना संक्रमित भइसकेका छन् भने हालसम्म १५ हजार जनाभन्दा बढीको ज्यान यसले लिइसकेको छ । देशको हिसाबले यो भाइरस एक सय ८८ वटाको संख्या नाघेको छ । यी विवरण निरन्तर आइरहेका छन् । विश्व स्वास्थ्य संगठनले बारम्बार भनिरहेको छ, यो भाइरस विशेषतः थुकबाट सर्ने रोग हो । यसको परीक्षण पनि रगत होइन थुकबाट नै गरिँदोरहेछ । कुनै संक्रमित मानिस बोल्दा, खोक्दा र हाछ्युँ गर्दा थुकमार्फत यो अर्को स्वस्थ मान्छेमा सहजै सर्ने हुँदा जोगिनका लागि स्वस्थ होस् कि संक्रमित जो होस् मान्छेको नजिक नबस्न भनिएको रहेछ । यस्तो जानकारी आइरहेको छ तर व्यक्ति–व्यक्तिले पर्याप्त ध्यान नदिँदा यो विस्तार हुँदा गएको बुझ्न सकिन्छ र अन्त्यमा मान्छेलाई मारेरै छाडेको अवस्था बनिसकेको कुरा निश्चय नै दुःखद् हो तर कारण कतिपय अवस्थामा यसको कारक स्वयम मान्छे नै भएका देखियो ।
नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार कोभिड– १९ भाइरस केही घन्टादेखि केही दिनसम्म जस्तोसुकै ठाउँमा पनि सक्रिय अवस्थामा रहन सक्छ । जस्तोः कुनै स्प्रेमा तीन घन्टा, तामाको वस्तुमा ४ घन्टा, कारबोर्डमा २४ घन्टा तथा प्लास्टिक र स्टिलको वस्तुमा २ देखि ३ दिनसम्म । यो भाइरस प्रवेश गरेको ५ देखि २१ दिनसम्म देखिँदैन भनिएको छ । त्यसकारण रोग लागे पनि लागेको छैन भन्ने मान्यता र एकैपटक भयावह हुने खतरा यो पक्षले बताउँछ । इन्टरनेशनल जर्नल अफ इन्फेक्सन डिजिजमा प्रकाशित अध्ययनअनुसार यो बेलासम्म देखिएको पहिलो लक्षण ज्वरो आउने, दोस्रो लक्षण खोकी लाग्नु, तेस्रो लक्षण थकाइ धेरै लाग्नु र चौथो लक्षण सास फेर्न गाह्रो हुनु हो । एउटा संक्रमितले यति कुरा बुझेमा आफैँ सतर्क हुनु र अरुलाई सर्न नदिन भूमिका खेल्न सक्तछ । त्यसकारण बच्ने सूत्र सतर्कता नै र त्यही मात्रै रहेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया