Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिजिटल बैैैंकिङ सिटिजन्स बैंंकको प्राथमिकतामा

डिजिटल बैैैंकिङ सिटिजन्स बैंंकको प्राथमिकतामा


काठमाडौं । सिटिजन्स बैंकले एक वर्षअघि काठमाडौंको दरबारमार्ग शाखाबाट सुरु गरेको किओस्क सेवा अब उपत्यकाबाहिरका प्रदेशमा पनि विस्तार गरेको छ । शुक्रबार एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले सेवाको शुभारम्भ गरेका छन् ।

बैंकले काठमाडौंको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगञ्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखा गरी पाँच शाखामा एकसाथ किओस्क सेवा विस्तार गरेको हो । यसका साथै बैंकले कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा रहेका शाखा कार्यालयमा एटीएम सेवा समेत विस्तार गरेको छ ।

किओस्कमार्फत बैंकका ग्राहकले आफ्नो खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्नेजस्ता सेवा बैंकका कर्मचारीविना नै प्राप्त गर्न सक्नेछन् । बैंकले नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकको समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ किओस्क सेवाको विस्तार गरिएको जनाएको छ ।

बैंकले सोही समारोहमा नयाँ वर्ष २०८० को क्यालेन्डर समेत सार्वजनिक गरिएको जनाएको छ । बैंकले देशभर एक ८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, एक सय ३८ वटा एटीएम, छ कियोस्क सेवा, ९७ शाखारहित बैंकिङ इकाइहरूमार्फत १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया