चौबिस वटै नमूनामा ओमिक्रोन भेरियन्ट
काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १।१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका छन् ।
उनले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेका छन्। उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २।७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् ।
ओमिक्रोन विए ५.२ दुई, ओमिक्रोन एक्सविवि १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवि २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् ।
“कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज कोरोना भाइरसको सङ्क्रमण ७६ जनामा देखिएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
- नवनियुक्त प्रधानन्यायाधीशलाई राष्ट्रपतिद्वारा शपथ
- नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया