सेयरबजारमा गिरावट कायमै, अर्थमन्त्रीको प्रयासले काम गरेन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार दिनभर निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरे । उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउने भन्दै निजी क्षेत्रसँग सुझाव मागे । आफू अर्थमन्त्री भएपछि सेयरबजार घटेको भनेर बजारका लगानीकर्तालाई आफैँले बोलाएर सुझाव लिए ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको लगानीकर्ताको समूहले सेयर धितोको ऋणमा १२ करोडको सीमा हटाउन, एक सय ५० प्रतिशत जोखिम भारलाई एक सय प्रतिशतमा झार्न सुझाव दिए । यस्तै मार्जिन लेन्डिङ, पुँजीगत लाभकरमा परिमार्जन गर्न, संस्थागत र वैदेशिक रणनीतिक साझेदार ल्याउन, नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन र बजार विकासका लागि यसअघि गरिएका अध्ययनहरुको कार्यान्वयन गर्न पनि सुझाव दिए ।
सोमबार बिहान भएको भेटमा अर्थमन्त्री डा. महतले पनि तत्कालका लागि मनोबल बढाउने गरी पहलकदमी लिने प्रतिबद्धता जनाएर लगानीकर्तालाई पठाए । तर लगानीकर्ताले अर्थमन्त्री डा. महतलाई विश्वास गर्न सकिरहेका छैनन् । फलस्वरुप सोमबार पनि बजार दोहोरो अंकले घट्यो ।
अर्थमन्त्री डा. महतले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँगको छलफलमा पनि बजार सुधारका लागि ठोस योजना ल्याउन निर्देशन दिएका छन् । राष्ट्र बैंकसँग सहकार्य गरेर तरलता, ब्याजदर र आन्तरिक अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छु भनेर लगानीकर्ताहरुको मनोबल जित्ने प्रयास गरिरहेका छन् । तर पनि उनी अर्थमन्त्री भएपछि कारोबार भएका दुई दिन नै बजार दोहोरो अंकले घटेर पत्याउन नसकेको संकेत गरेको छ ।
नेप्से परिसूचक सोमबार १६ दशमलव ६७ अंकले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि तीन दशमलव शून्य पाँच अंकले घटेर तीन सय ५२ दशमलव ७१ विन्दुमा ओर्लिएको छ । फ्लोट परिसूचक एक दशमलव १६ अंकले घटेर एक सय ३० दशमलव ९२ विन्दुमा झरेको छ ।
कारोबारमा आएका दुई सय १६ कम्पनीमध्ये एक सय ७३ कम्पनीको सेयर मूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटे पनि ३३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १० वटाको स्थिर रहेको छ ।
कारोबार रकम भने एक अर्ब रुपैयाँभन्दा तल खुम्चिएको छ । सोमबार ९२ करोड दुई लाख ४९ हजार रुपैयाँबराबरको २८ लाख २९ हजार चार सय २६ कित्ता सेयर किनबेच भएको छ ।
बजार घटे पनि कालिञ्चोक दर्शनका सेयरधनीले १० प्रतिशत कमाएका छन् । सर्वाधिक घट्नेमा ८.५ प्रतिशत ब्याजदरको प्रभु बैंक ऋणपत्र रहेको छ । यो ऋणपत्रको मूल्य १० प्रतिशतले घटेको छ । कम्पनीहरुमध्ये सर्वाधिक सेयरमूल्य घट्नेमा एसियन हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयरमूल्य पाँच दशमलव शून्य तीन प्रतिशतले घटेको छ । नबिल बैंकको सर्वाधिक तीन करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया