Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअवसर इक्वीटीको साढे चार अर्ब रुपैयाँको इकाइ बिक्री

अवसर इक्वीटीको साढे चार अर्ब रुपैयाँको इकाइ बिक्री


काठमाडौं । प्राइभेट इक्वीटी फन्ड ‘अवसर इक्विटी’को चार अर्ब ५० करोड रुपैयाँबराबरको इकाइहरू बिक्री भएको कोष व्यवस्थापक अवसर इक्वीटी लिमिटेडले जनाएको छ । २०७९ फागुन १५ देखि चैत १५ गतेसम्म निष्काशन भएकोे सो इक्वीटीमा सफल बिक्री भई निष्काशन बन्द गरिएको कम्पनीले जनाएको छ  ।

कोष व्यवस्थापक अवसर इक्विटी लिमिटेड सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक गरी चारवटा वाणिज्य बैंकसहित उच्च नेट–वर्थ भएका नेपालका प्रतिष्ठित व्यक्तिले प्रवद्र्धन गरी नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त संस्था हो । यस कोषले व्यापार वृद्धिका रणनीतिहरू कार्यान्वयन गर्नसक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरूको विकास र विस्तारमा सघाउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया