Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको नि: शुल्क स्वास्थ्य शिविर

सिटिजन्स बैंकको नि: शुल्क स्वास्थ्य शिविर


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी शाखाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गौरीगंगा नगरपालिका वडा नं ५ अन्डैयामा आयोजित शिविरमा करिब तीन सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बैंकले बिरामीहरूलाई निःशुल्क औषधि वितरण समेत गरेको छ । शिविरमा अत्तरिया अस्पतालका डा. आनन्द पाठक, डा. अनिशकुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसरसहित विभिन्न रोगको चेकजाँचसहित आवश्यक स्वास्थ्य सुझाव दिएको थियो । गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरूप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले आउँदै गरेको १६औँ वार्षिकोत्सवको अवसर पारेर आफ्ना विभिन्न शाखाबाट स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८२ शाखा, एक सय ३९ एटीएम, ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया