कोरोनाका कारण विश्व हवाइ क्षेत्रले १ खर्ब १३ अर्ब डलर नोक्सानी व्यहोर्ने प्रक्षेपण
लन्डन, चैत १३
कोरोना भाइरस संक्रमणको सबैभन्दा मार हवाइ उद्योगमा परेको छ । विश्वभरका एयरलाइन्सको बुकिङ घटेको छ भने टिकट रद्द गर्ने धेरै छन् । अन्तर्राष्ट्रिय हवाइ यातायात संघले जुन ३० सम्म ११ लाख बढी बुकिङ रद्द भएको जनाएको छ । संघका अनुसार मार्चमा ५० प्रतिशत टिकट बुकिङ रद्द भएका छन् भने अप्रिलमा ४० प्रतिशत र मे महिनामा २५ प्रतिशत बुकिङ रद्द भइसकेका छन् । संघमा विश्वभरका २ सय ९० अन्तर्राष्ट्रिय एयरलाइन्सहरु आबद्ध रहेका छन् । संघले आजसम्मको स्थिति विश्लेषण गर्दा १ खर्ब १३ अर्ब डलर बढी नोक्सान हुने अनुमान गरेको छ ।
विश्वमा धेरै रोजगार दिन सफल हवाइ उद्योगले धेरै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ठूलो योगदान गर्छ । थाइल्यान्डको जीडीपीमा यस क्षेत्रबाट १५.५ प्रतिशत योगदान रहेको छ । त्यस्तै सिगापुरको जीडीपीमा ११.८ प्रतिशत योगदान रहँदा जापानको जीडीपीमा २.४ प्रतिशत, मलेसियाको जीडीपीमा ३.५ प्रतिशत, दक्षिण कोरियाको जीडीपीमा ३.४ प्रतिशत योगदान रहेको संघले जनाएको छ । हवाइ उद्योगमार्फत थाइल्यान्डले करिब ४३ लाख, जापानले १४ लाख २० हजार, मलेसियाले ४ लाख ५० हजार, सिंगापुरले ३ लाख ७५ हजार, दक्षिण कोरियाले ८ लाख ३८ हजार रोजगारी सिर्जना गरेका छन् । कोरोना संक्रमणको डरले अन्तर्राष्ट्रिय उडान रद्द हुँदा अहिले धेरैको रोजगारी खोसिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया