अर्थमन्त्रीको चासो होइन नीति खोज्यो सेयरबजारले
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयरबजार ओरालो लागेको छ । नेप्से परिसूचक पाँच दशमलव दुई अंकले बढेर एक हजार आठ सय ६६ दशलमव छ आठ अंकमा बन्द भएको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव सात तीन अंकले घटेर तीन सय ५१ दशमलव नौ–सात विन्दुमा झरेको छ । यस्तै साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट इन्डेक्स शून्य दशमलव चार एक अंकले घटेर एक सय ३० दशमलव पाँच–एक विन्दु कायम भएको छ । सेन्सिटिभ फ्लोट इन्डेक्कस एक सय १७ दशमलव शून्य तीन विन्दुमा छ ।
बजारमा लगानीकर्ताको चहलपहल घट्दै जाँदा कारोबार रकममा सुधार हुन सकिरहेको छैन । मंगलबार ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार नौ सय ४७ कित्ता सेयर किनबेच भयो । यसअघि सोमबार ९२ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका दुई सय १७ कम्पनीमध्ये एक सय १७ कम्पनीका सेयरधनीले गुमाएका छन् । ८६ कम्पनीको सेयरमूल्य घट्दा १५ वटाको स्थिर छ । उस्तै १३ उपसमूहमध्ये छवटा बढेका छन भने सातवटा घटेका छन् । नेप्सेका अनुसार बैंकिङ पाँच दशमलव आठ एक, लगानी शून्य दशमलव शून्य दुई, जीवन बीमाम ८० दशमलव सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव सात दुई, निर्जीवन बीमा एक सय १९ दशमलव छ तीन र अन्य चार दशमलव तीन छ अंकले घटेका छन् ।
विकास बैंक १० दशमलव सात आठ, वित्त दुई दशमलव सात, होटल तथा पर्यटन तीन दशमलव एक आठ, जलविद्युत् चार दशमलव चार, लघुवित्त सात दशमलव छ चार र व्यापार तीन दशमलव शून्य दुई अंकले बढेका छन् ।
बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । बजार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य नौ दशमलव नौ आठ प्रतिशतले बढेको छ । ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य पनि सात दशमलव सात तीन प्रतिशतले बढेको छ ।
मंगलबार सर्वाधिक मूल्य घट्नेमा प्रभु बैंकको ऋणपत्र छ । आठ दशमलव पाँच प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ को मूल्य नौ दशमलव २९ प्रतिशतले घटेको छ ।
सूचीकृत कम्पनीमध्ये सर्वाधिक सेयर मूल्य घट्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । यो इन्स्योरेन्सको आठ दशमलव शून्य तीन प्रतिशतले सेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गतसाता धेरै लगानीकर्ताले अर्थमन्त्रीको पर्खाइमा रहेकोले बजार बढ्न नसकेको प्रतिक्रिया दिएका थिए । यस साताको कारोबार सुरु नहुँदै अर्थमन्त्रीमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत नियुक्त भए । त्यसलगत्तै धेरैले बजार बढ्ने अपेक्षा थियो । तर बजारले विपरीत प्रतिक्रिया दिएको छ । लगातार तीन दिन बजार घटेको छ । बजारको पछिल्लो आचरण हेर्दा लगानीकर्ताले बजारलाई चासो दिने अर्थमन्त्रीभन्दा पनि नीतिगत व्यवस्थामा परिवर्तन खोजिरहेका छन् ।
अर्थमन्त्री महतले आइतबार, सोमबार र मंगलबार दिनभरजसो निजी क्षेत्र, सेयर लगानीकर्ता र नियामक निकायहरुसँग छलफल गरेर बजारप्रति सकारात्मक रहेको सन्देश दिन खोजेका थिए । तर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग उनको ‘ट्युनिङ’ मिल्ने र महतले चाहेजसरी नीतिहरुमा सुधार गर्छन् भन्नेमा लगानीकर्ता विश्वस्त हुन सकिरहेका छैनन् । यही कारण बजार घटिरहेको छ ।
लगानीकर्ताले ब्याजदर घटउने, सेयर धितोको ऋणमा १२ करोडको सीमा हटाउने, एक सय ५० प्रतिशत जोखिम भारलाई एक सय प्रतिशतमा झार्नुपर्नेलगायतका विषयमा नीतिगत सुधार चाहेका छन् । तर तत्काल यी विषयको सम्बोधन भइहाल्ने सम्भावना नदेखिएका कारण अर्थमन्त्री महतले जति चासो दिए पनि लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया