Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमहावीर ट्रेडलिंकद्वारा राजश्व छली

महावीर ट्रेडलिंकद्वारा राजश्व छली


विराटनगर । महावीर ट्रेडलिंकका संचालकले आफनो बास्तविक कारोवार लुुकाएर राजश्व छलि गरेको पाईएको छ । महावीर ट्रेडलिंकका संचालनक तुषार कोचरले करोडौ रकमको कारोबार गर्दै आएपनि कर कार्यलयमा बुझाउने विवरण भने न्युन देखाएका छन् ।

गत आर्थिक वर्षमा १५ करोड भन्दा बढीको कारोवार विवरण देखाएका उनले चालु आर्थिक वर्षमा झन अत्यन्तै न्युन कारोवार देखाएपछि उनीबाट राजश्व छलि भएको आशंका गर्न थालिएको छ । कोचरले् केमीकल्स तथा प्लाष्टिजन्य सामाग्रीको आयात गरि बिक्रीवितरण गर्ने गरेका छन् । उनको महाबीर ट्रेडलिंकले भ्याट देखी अन्तशुल्कमा समेत ब्यापक राजश्व छल्दै आएको स्रोतको दाबी छ । यस्तै उनले सामान आयात गर्दा विराटनगर भन्सारबाट आसिकुडा अन्तर्गत माहावीर ट्रेडलिंकको नाममा ब्यवसायीक कारोवार गर्ने र स्थानीय बजारमा कारोवार गर्दा भुमिया इण्डष्ट्रिजको नाममा कारोबार गर्ने गरेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया