सहरीकरणमा पानीको चुनौती
काठमाडौं । विश्वव्यापीरूपमा बढ्दै गएको सहरीकरणमा पानीको महत्व बढ्दै जानु स्वाभाविकै हो । हाम्रो देशमा पनि बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबै सक्रिय हुनुपर्ने भन्दै यसवर्ष पनि विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ चैत्र ८ गते मनाइएको थियो । मूलतः नेपालले पनि सन् २००९ देखि मनाउँदै आएको छ । यसरी विश्वले भने यो दिवस मनाएको ३० वर्ष पूरा भएर ३१औँ वर्षमा प्रवेश गरिरहेको छ । अतः संसारलगायत नेपालमा पनि बढ्दो जनसंख्याको साथसाथै सहरीकरणले बढ्दो पानीको मात्रालाई सम्बोधन गर्न, सेवा पु-याउन देखिएका चुनौतीहरूको व्यवस्थापन सहकार्यका लागि सचेतना फैलाउने कार्य गर्ने जानकारी जल तथा ऊर्जा आयोगले दिएको छ । यसरी सहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरूको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने, पानीको व्यवस्थापक, विद्यमान नीति, नियमहरूमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । जुन जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, जल प्रदूषणलाई रोक्न र प्रदूषणले गर्दा खाद्य सुरक्षामा परेको असरबारे पनि सरोकारवालहरूलाई सचेतना जगाउने कार्यक्रमहरू वर्षभरि गर्नेतर्फ आयोगले सोचिरहेको पनि बताइएको छ ।
उक्त कार्यक्रमअनुसार उपत्यकाभरिका ढुंगेधाराको संरक्षण र संवर्द्धन गर्न समितिको गठन गरिने, काठमाडौं उपत्यकाको भूमिगत पानीको स्रोतको अवस्था चुनौती तथा संरक्षणसम्बन्धी सम्मेलन आयोजना गरिने भएका छन् । यसर्थ विश्व खानेपानीको दिवसको अवसर पारेर खाने पानीको महत्वबारे सचेतना जगाउने कार्यक्रम गरिनेछ । यसमा स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले जल आयोजक समितिले स्वच्छ पानीको महत्वका बारेमा सचेतना फलाउँदै यसको दिगो व्यवस्थापकका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाहरूका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको बताइएको छ । यसर्थ स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ । यसको साथसाथै सहरी क्षेत्रका पानीजन्य समस्याहरू तथा नेपालको जलस्रोतहरूको दिगो व्यवस्थापनको बारे चेतना जगाउने, सर्वसाधारण तथा स्कुल र कलेजका विद्यार्थीहरूमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसङ्गहरूको बारेमा चेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
विश्वका प्रमुख सहरहरू र केही औद्योगिक राष्ट्रहरूको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दोरूपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायहरूलाई एकातिर फोहरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कोतिर पानीको आपूर्तिमा पनि दिनदिनै माग बढिरहेको छ । जसमा मानव तथा सम्पूर्ण चराचरलाई नभई नहुने जल नै हो । जसले गर्दा सन् २०२३ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति सम्बन्धित विशेषज्ञहरूको रहेको छ । यसै क्रममा वासिटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । त्यसरी नै हाम्रो देशको कुरा गर्ने हो भने पनि अपार जलस्रोतको भण्डारले भरिभराउ भए पनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव बढ्दै छ ।
देशमा बग्ने छ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष दुई सय ७० अर्ब क्युबिक मिटर पानी बगेर विदेशिने गरे पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन । अतः देशमा विद्यमान साधन र स्रोतलाई सहीरूपमा परिचालन तथा संवद्र्धन गर्नसकेमा सबै पानीका उपभोक्तहरूको मागमा सुधार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव र बढ्दो जनसंख्या र सहरीकरणको कारणले गर्दा जलको आपूर्तिमा समस्या झेल्नु परिरहेको सर्वविदितै छ । काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार, ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने टयुबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ । यसरी जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार, जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ ।
राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ । यसरी प्रत्येक वर्ष मागमा १० प्रतिशतका हिसाबले वृद्धि हुने कुरा उपत्यका खानेपानी लिमिटेडको छ । यहाँ वर्षायाममा १५ करोड लिटर भए पनि ११ करोड लिटर मात्र पानी आपूर्ति भएको कुरासम्बन्धी क्षेत्रको दाबी रहेको पाइन्छ । यसरी उपलब्ध गरिएको पानीमध्ये छ करोड लिटर सतह स्रोतबाट र चार करोड लिटर जमिनमुनिबाट निकालिएको छ । जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गई सवा दुई करोड लिटरजति मात्र पर्न आउँछ । काठमाडौंमा रहेका रिजभ्रयाएरहरूको क्षमता सबैभन्दा बढी चाबहिल रिजभ्रयाएरहरूको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट आठ लाख लिटर रहेको छ ।
काठमाडौंमा प्रत्येक वर्ष चार/पाँच हजार नयाँ धाराहरू थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाहरूको प्रतिक्षामा नै लालयित रहेका छन् । समग्रमा भन्नुपर्दा उपत्यकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन विगतको लामो समयदेखि प्रतिक्षागत रहेको मेलम्ची आयोजनाको सपना साकार हुने देखिएको छ । यो आयोजना अघिल्लो गत असार/श्रावणतिर गएको पहिरोको कारण मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन रोकिएको थियो । यसरी गत वर्षदेखि यस मेलम्ची आयोजनाबाट काठमार्डौ उपत्यकामा पानी वितरण गर्ने कार्य हुँदै आएको छ । यसको साथसाथै उक्त सफाइको काम सकिएलगत्तै मुहानबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा पठाउने कार्य भइरहेको छ ।
हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४० करोड लिटर रहेको छ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वर्षा याममा दैनिक १५ करोड लिटर र हिउँदयाममा दैनिक नौ करोड लिटर आपूर्ति गरिरहेको छ । यसैगरी निजी क्षेत्रबाट आफ्नै स्रोत प्रयोग गरी दैनिक छ करोड लिटर खानेपानी आपूर्ति हुँदै आएको छ । यसबाहेक व्यक्तिगत कुवा, इनार, ट्युबवेल, परम्परागत ढुंगेधारालगायतका क्षेत्रबाट आपूर्ति हुँदै आएको छ । यसर्थ सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार एक लाख ८० हजार निजी र एक हजार एक सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् । सन् २०२३ सम्म उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर पुग्नेछ भने मेलम्ची समेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटर मात्रै हुनेछ । त्यसैले मेलम्चीअन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७/१७ करोड लिटर आएपछि मात्रै उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी रहेको बुझिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया