धनी वरीयतामा फ्रान्सका बर्नार्ड पहिलो, इलोन मस्क दोस्रो
अमेरिका । इलोन मस्कलाई पछि पार्दै फोब्र्सको वार्षिक विश्व अर्बपति सूचीमा बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनी बनेका छन् । टेस्ला र ट्विटरका मालिक मस्क भने यो सूचीमा दोस्रो स्थानमा धकेलिएका हुन् । मस्कको सम्पत्ति एक खर्ब ८० अर्ब अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । मस्कको उक्त सम्पत्ति गत वर्षको तुलनामा ३९ अर्ब डलर कम हो ।
मस्कलाई पछि पार्ने बर्नार्ड फ्रान्सेली विलासी सामानको बिक्रेता एलभीएमएचका प्रमुख हुन् । उनको सम्पत्ति ५० अर्ब डलरले बढेर २११ अर्ब डलर पुगेको छ । त्यसो त फोब्र्सको रियल टाइम सूची भने हरेक दिन परिवर्तन हुने गरेको छ । पछिल्लो वर्ष मस्क र आर्नोबीच पहिलो स्थानमा आउजाउ हुँदै आएको छ ।
फोब्र्सले मस्कको सम्पत्ति घट्नुमा ४४ अर्ब डलरको ट्विटर खरिदलाई कारण मानेको छ । त्यस्तै गत वर्ष टेस्लाको सेयर पनि घटेको थियो ।
सबैभन्दा धनी १० व्यक्ति : संसारकै सबैभन्दा १० धनी व्यक्तिमा पहिलो नम्बरमा बर्नार्ड आर्नो (२११ अर्ब डलर) र दोस्रोमा इलोन मस्क (१८० अर्ब डलर) छन् । त्यस्तै तेस्रोमा जेफ बेजोस (११४ अर्ब डलर), चौथोमा ल्यारी एलिसन (१०७ अर्ब डलर) र पाँचौँमा वारेन बफेट (१०६ अर्ब डलर) छन् ।
त्यसैगरी छैठौँमा बिल गेट्स (१०४ अर्ब डलर) रहँदा सातौँमा माइकेल ब्लुमबर्ग (९४.५ अर्ब डलर), आठौँमा कार्लोस स्लिम हेलु र उनको परिवार (९३ अर्ब डलर), नवौँमा मुकेश अम्बानी (८३.४ अर्ब डलर) र दशौँमा स्टिभ बाल्मर (८०.७ अर्ब डलर) रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया