महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठको वाचापत्र सार्वजनिक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले बुधबार औपचारिकरुपमा टिम घोषणा गर्दै वाचापत्र सार्वजनिक गरेको हो । सो अवसरमा श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको बताए । उनले स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने बताएका छन् । नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
महासंघलाई नयाँ उचाइमा पु-याउन, व्यावसायिक क्षमता अभिवृद्धि गर्न र संस्थागत प्रभावकारिता बढाउन वाचापत्रअनुसार काम गर्ने श्रेष्ठले स्पष्ट पारे । आफ्नो टिमले सहभावना र सहकार्यको मूल भावनालाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उनको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यस्तै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए । यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया