Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र एलिवेट लाउन्जबीच सम्झौता

सिटिजन्स बैंक र एलिवेट लाउन्जबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको न्युरोडस्थित एलिवेट लाउन्ज एन्ड क्लव प्रालिबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले एलिवेट लाउन्जमा कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

बैंकले देशभर एक सय ८२ शाखा कार्यालय, एक सय ३९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया