हनुमान मन्दिर पुनःनिर्माण
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिर पुनःनिर्माण गरी नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गरेका थिए ।
‘धन–गङ्गा स्मृति’ प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले राससलाई बताए । स्वर्गीय श्रेष्ठले मन्दिर स्थापना गरिएको क्षेत्रमा स्वास्थ्य चौकीसमेत खोल्नुभएको थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले हनुमानको नयाँ मूर्ति प्रतिस्थापन गर्दै सबै मिलेर धर्म, संस्कृति, भाषा र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिए । धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको चर्चा गर्दै उनले ठाउँठाउँमा निर्माण हुने यस्ता मठमन्दिरले धर्म र संस्कृतिको संरक्षणमा बल पुग्ने धारणा व्यक्त गरे ।
बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले भीमपुरको विकासमा स्व.। श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले श्रेष्ठकै पहलमा केशलीया नदीमा पुल पनि निर्माण भएको बताए । स्व.. श्रेष्ठका जेठा छोराबुहारी कृष्णप्रसाद श्रेष्ठ तथा त्रिपुरारानी श्रेष्ठले उपलब्ध गराएको रु. ५० लाखबाट मन्दिर पुनःनिर्माण गरिएको उक्त प्रतिष्ठानका प्रतिनिधि निश्चल श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया