युनाइटेड मोदी हाइड्रोपावरको लाभांश पारित
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न ९औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७८-०७९ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (करबाहेक) तथा शून्य दशमलव ३६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको हो ।
यस्तै कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न साधारणसभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । साथै सभाले २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । सभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले यस्तो आर्थिक मन्त्रीमा भर्चुअल माध्यमबाट साधारणसभा गरी कम्पनीको खर्च कटौती गरेकोमा सञ्चालक समितिलाई धन्यवाद दिएका थिए ।
यस्तै सेयरधनीहरुले आगामी आर्थिक वर्षहरुमा लाभांश बढाउन आग्रह सेमत गरेका छन् । कम्पनीका अध्यक्ष पन्तले आगामी दिनमा सेयरधनीलाई लाभांश बढाउने कार्यमा आफू र आफ्नो टिम लागि पर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया