Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबरुन्त्से हिमाल सफाइ अभियान सुरु

बरुन्त्से हिमाल सफाइ अभियान सुरु


सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा अवस्थित बरुन्त्से हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेनाले बिहीबारदेखि बरुन्त्से हिमाल सफाइ अभियान सुरु गरेको हो ।

अभियानका लागि नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतको नेतृत्वमा नौ जना तालिमप्राप्त नेपाली सेना र १४ जना शेर्पा गरी २३ जनाको टोली खटिएका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले खादा लगाई शुभकामनासहित बिदाइ गरेका छन् । टोलीले सात हजार एक सय २९ मिटर उचाइ भएकोे बरुन्त्से हिमालको आधार शिविर ५६ सय मिटर उचाइदेखि सफाइ अभियान थाल्ने अभियानका संयोजक मेजर बस्नेतले बताए ।

उक्त अभियानमार्फत हिमालमा रहेका विभिन्न क्यानका बट्टा, प्लास्टिक, कपडा, रबरलगायतका फोहोर संकलन गरिनेछ । टोलीले कम्तीमा १० टक फोहोर संकलन गर्ने लक्ष्य लिएको छ भने संकलित फोहोर कुहिने र नहुकिने दुई भागमा विभाजन गरिनेछ । कुहिने फोहोर हेलिकोप्टरमार्फत महाकुलुङ गाउँपालिकाको बुङमा ल्याई नष्ट गरिनेछ भने नकुहिने फोहोर महाकुलुङबाट गाडीमार्फत काठमाडौं लैजाने संयोजक बस्नेतले बताए । अभियान ४५ दिनपछि विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते समापन हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया